टिकौली जङ्गलमा बेवारिसे पुरुषको शव भेटियो

चितवन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत टिकौली जङ्गलमा बेवारिसे एक पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शुक्रवार दिउसो १ बजे टिकौली जङ्गल सडक खण्डबाट पश्चिमतर्फ चितवन राष्ट्रिय निकुञ्जको जङ्गल एरियामा सडकबाट डेढ किमी भित्र अन्दाजी ६० वर्षको पुरुष व्यक्तिको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले अनुहार घाँटी, छातीको भाग जङ्गली जनावरले खाएको र आन्द्रा, करङ समेत देखिएको अवस्थामा उक्त शव फेला पारेको थियो । हाल उक्त शवलाई परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
कालो ज्याकेट,कालो–सेतो उलनको सर्ट, हरियो रङ्गको कपडाको पाइन्ट लगाएको हुलिया भएको व्यक्तिलाई कसैले चिन्नु भएमा मृतकको आफन्तलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्