एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो । स्वास्थ्यमा सामान्य समस्यादेखिएपछि पूर्वप्रधानमन्त्री ओलीको सुरुमा एन्टीजेन परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ देखिएपछि ओली दम्पतीले पीसीआर परीक्षण गराउनुभएको थियो ।
पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमै होम आइसोलेसनमा बस्नुभएको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुभएका ओलीको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उहाँको सचिवालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्