तपाईँ सुन्दै हुनुहुन्छः

मर्केलका कटुआलोचक मर्ज सीडीयूको नेता निर्वाचित

बर्लिन। जर्मनीको उदारवादी समूह, क्रिश्चियन डेमोक्र््याटिम यूनियन (सीडीयू)ले शनिबार पूर्व चान्सलर एन्जेला मर्केलका कटुआलोचक फ्रेडरिक मर्जलाई भारी बहुमत दिएर नयाँ नेता निर्वाचित गरेको छ ।

मर्केलले १६ वर्षसम्म जर्मनीको चान्सलर भई सोसल डेमोक्र््याट्स समूहको नेतृत्व गरी सन् २०२१ मा नेतृत्वबाट विदा लिनुभएको हो । । जर्मनीको ग्रीन्स पार्टी र फ्रि डेमोक्र्याट्ससँग तीनतर्फी गठबन्धनको नेतृत्वमा सोसल डेमोक्र््याट्स समूहबाट ओलाफ सोल्ज मर्केलको उत्तराधिकारी हुनुभएको छ ।

हालैका वर्षहरूमा मर्केलको नेतृत्वलाई दुई पटक अस्वीकार गरेपछि चुनावी हारले क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) लाई पुनः एकिकरण गरी उत्तराधिकारीका रूपमा ६६ वर्षीय मर्जलाई नेतृत्वमा ल्याएको हो ।

सीडियूबाट एक मात्र उम्मेदवार मर्जले ९८० प्रतिनिधिहरू सहभागी रहेको भर्चुअल सम्मेलनमार्फत् भएको निर्वाचनमार्फत् पार्टीमा ९५ प्रतिशत समर्थन पुष्टि गर्दै मर्केलको उत्तराधिकारी चयन हुनुभएको थियो ।

सेप्टेम्बरमा सम्पन्न चुनावमा सोल्जको सोशल डेमोक्र््याट्ससँग हार व्यहोरेपछि सीडीयूले आफ्नो चहराइरहेको घाउ सुम्सुमाइरहेको छ । यसलाई मर्जका पूर्ववर्ती आर्रिन लाशेटले पार्टीमा आफ्नो इतिहासमा सबैभन्दा खराब प्रदर्शन भएको बताउनुभएको छ ।

यस वर्ष सम्पन्न गरिने क्षेत्रीय निर्वाचनहरूमा धेरै सफलता हात पार्ने लक्षसहित मर्जले भन्नुभयो, “हामी एक बलियो विपक्षी हुनुपर्छ ।”

नयाँ चान्सलरले युक्रेनमा रूसको महत्वाकांक्षा र कोभिड–१९ विरुद्ध अनिवार्य खोप लगाउने दुवैमा कडा धारण लिनुपर्ने भन्दै सोल्जको नेतृत्वले अपेक्षाकृत काम गर्न नसकेको विपक्षी नेतामा निर्वाचित भएपछि मर्जले सोल्जको कार्यशैलीप्रति आलोचना गर्नुभयो ।

सीडीयूका नेतामा निर्वाचित नेता मर्ज लामो समयदेखि पार्टीमा मर्केलको आलोचक रहँदै आउनुभएको छ । भूतपूर्व चान्सलर मर्केलले मर्जलाई संसदीय दलको अध्यक्षको ओजपूर्ण पदबाट हटाएपछि विगत २० वर्षदेखि मर्केल र मर्जबीच द्वन्द्व बढेको बताउने गरिएको छ ।

सन् २००९ मा, मर्जले वित्तीय कारोबारका लागि स्थानान्तरण गर्न राजनीतिबाट पछि हट्नुभएको थियो । यसबीचमा उहाँ एक सम्पन्न व्यवसायी बन्नुभएको छ भने अरबौँ डलर बराबरको सम्पत्ति कमाउनुका साथै ठूला कम्पनीहरूभित्र पनि धेरै प्रभावशाली भूमिका निर्वाह गर्नुभएको छ । उहाँ विशेषगरी ब्ल्याकरोक नामक कम्पनीका लगानी प्रबन्धक बन्नुभएको थियो । यसबीचमा उहाँले मर्जले सफल वकिलको रूपमा पनि नाम कमाउनुभएको छ ।

सन् १९९४ मा पहिलो पटक संसदमा प्रवेश गरेका तीन छोराछोरीका विवाहित क्याथोलिक पिताको आफ्नै दुईवटा हवाईजहाज रहेका छन् ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button