तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गाले थिचेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका ३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको मृत्यु भएको छ ।

बर्दिया घर भएका अन्दाजी ४० वर्षका शेर बहादुर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

आज दिउँसो ३ बजे हैबुङ पाटी भञ्याङ सडक स्तर उन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर एक्स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button