आइसियु सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव
बझाङ । बझाङ जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागी दक्ष जनशक्ति अभाव रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लाहरूमा दुई वटा भेन्टिलेटर सहितको आइसियु कक्ष राख्ने निर्णय अनुरूप उक्त आइसियु बेड ल्याइएको हो । गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागी दक्ष जनशक्ति अभाव रहेको छ ।

कोरोना महामारीको दोस्रो भरियन्टको वेला जिल्लामा श्वासप्रश्वासका बिरामीहरूका लागी ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त बेड सञ्चालनमा ल्याउन नसकिएको हो ।
कोरोना महामारीको दोस्रो भेरिएन्ट फैलिएका वेला बझाङ जिल्लामा झन्डै १ हजार ६ सयभन्दा बढी संक्रमित भएका थिए भने, २१ जनाले उपचारको अभावमा ज्यान गुमाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्