तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त

File Photo

काठमाडौँ।नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भूतपूर्व सैनिक सङ्घ काठमाडौँ शाखाका पूर्व सभापति लीलाबहादुर थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापतिका तर्फबाट आज जारी गर्नुभएको शोक विज्ञप्तिमा पार्टीका ज्येष्ठ राजनीतिज्ञ एवं तत्कालीन धापासी गाविसका सभापति थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।

सभापति देउवाले स्वर्गीय थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नाका साथै मृतकको आत्माको शान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा आफ्नो र पार्टीको तर्फबाटसमवेदना पनि प्रकट गर्नुभएको छ ।टोखा नगरपालिका–४ निवासी थापाले काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह रहेको जनाइएको छ । उहाँको निधनले काँग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्व गुमाएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button