शीतलहरबाट जनजीवन अस्तव्यस्त

कलैया । केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्यधिक जाडो बढ्न थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढ्न गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।
ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यातायात समेतमा चहलपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ ।
त्यसै गरी मधेस प्रदेशको नामकरण भएको खुसीयालीमा प्रदेश सरकारले दुई दिन बिदा दिएको हुँदा पनि कर्मचारी जडोबाट केही राहत महसुस गरेका छन् । अत्यधिक जाडो बढेपछि सर्वसाधारणले ठाउँ ठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाको १६स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले जानकारी दिनुभयो ।
अहिलेसम्म जाडोका कारण जिल्लामा मानवीय क्षति नभएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्