बाँकेमा कोरोना संक्रमणदर ५३ प्रतिशत
नेपालगन्ज। बाँकेमा कोरोना संक्रमणदर ५३ प्रतिशत पुगेको छ । आज संक्रमित प्रतिशत ५३.१० छ ।
१४५ नमुना परीक्षण गर्दा ७७ जना पोजेटिभ भेटिएका छन् । भेरी अस्पताल पिसिआर ल्याबमा ४१ जना, मेडिकल कलेज कोहलपुरमा २८ जना र बागेश्वरी ल्याबमा ८ जनामा कोरोना पुष्टि भएको छ । यी मध्ये बाँकेका मात्र ५१ जना छन् ।
भेरी अस्पताल, मेडिकल कलेज र बागेश्वरी ल्याबमा क्रमशः ७१, ५५ र १९ स्वाब परीक्षण गरिएका थिए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार अस्पताल र आइसोलेसन सेन्टरमा १९ जना भर्ना छन् । ती मध्ये १८ जना मध्यम र १ जना सिकिस्त छन् ।








प्रतिक्रिया राख्नुहोस्