ताङतिङ होमस्टेमा भिटोफ गण्डकीको साथ
पोखरा । २०६८ सालमा सुरु भएको ताङतिङ होमस्टेमा अहिले पाहुनाहरूको घुइँचो लाग्न थालेको छ ।
ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च भिटोफ गण्डकीले सुरु गरेको प्रवर्द्धन कार्यक्रम अहिलेसम्म निरन्तर सञ्चालनमा रहेको छ ।
ताङतिङ गाउँबाट शहर झरेकाहरू होमस्टे सञ्चालनमा आएसँगै फेरी गाउँ फर्कन थालेका छन् । गाउँका पुराना घरहरूको मर्मत सम्भार गर्दै स्थानीयहरू होमस्टे तर्फ आकर्षित भएका छन् । भिटोफले गाउँमा रहेका होमस्टे प्रवर्द्धनमा के कस्तो सहयोग गर्न सक्छ भनी सञ्चालकहरूसँग अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको छ । ताङतिङ गाउँमा होमस्टे सञ्चालन गर्न गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सहयोग गरेको भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीले बताउनु भयो । अध्यक्ष सुवेदीका अनुसार गाउँमा थप पर्यटन भित्र्याउन मञ्चले अन्तर्क्रिया गरेको हो । हामीले अव के गर्न सक्छौ ? गाउँमा पर्यटनका सम्भावना के के छन् ? होमस्टेलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा अन्तर्क्रिया गरिएको अध्यक्षले सुवेदीले जानकारी दिनु भयो ।
‘ताङतिङ होमस्टेले मात्र नभएर प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण ठाउँ हो । गाउँ नजिकैबाट अन्नपूर्ण हिश्रृङखलाहरु देख्न । समुन्द्री सतह देखि ३१ सय मिटर उचाइमा रहेको क्रपु डाँडा पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । तीन घण्टामै नजिकबाट हिमाल हेर्न पाइने, हिउँ खेल्न पाइने भएपछि भविष्यमा गाउँमा पर्यटकको ओहिरो लाग्ने सुवेदीले बताउनु भयो । अहिले गाउँमा आएकाहरू क्रपुडाँडामा गएर हिउँ खेलेर मनोरञ्जन लिने गरेका छन् ।
अब होमस्टेमा आउने पर्यटकहरुको लागी प्याकेज बनाउनु पर्ने भन्दै सुवेदीले भन्नु भयो ताङतिङ गाउँमा ४/५ दिनको भ्रमण प्याकेज बनाएर पर्यटकहरूको बसाइँ लम्बाउन सकिने प्रशस्त ठाउँहरू रहेका छन् सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।भिटोफले पर्यटकहरूको भ्रमणका लागी गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगेर पर्यटन प्रवर्द्धन गर्ने भिटोफको कार्यसमिति सदस्य शिवराज त्रिपाठीले बताउनु भयो । ताङतिङमा अहिले दैनिक एक सय पर्यटकहरू आउने गरेको होमस्टे सञ्चालक प्रकाश गुरुङ बताउनु हुन्छ ।









प्रतिक्रिया राख्नुहोस्