प्रजिअसहित कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सेवा बन्द
अछाम । अछाममा प्रमुख जिल्ला सहितका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी सहित ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय अछामले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सहित कार्यालयमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको र उहाँहरू होम आइसोलेसनमा बस्नुपरेको कारण जिल्ला प्रशासन कार्यालय अछामले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको प्रशासन कार्यालयका नायब सुब्बा महानन्द जोशीले जानकारी दिनुभयो ।
कोरोना परिक्षण गर्दा पोजेटिभ देखाएको र होम आइसोलेसनमा बसेका कारण कार्यालयको सेवा सञ्चालन गर्दा सेवाग्राही तथा अन्य कर्मचारीलाई कोरोना संक्रमण हुने सम्भावना रहेकाले जिल्ला कोभिड सञ्चालन केन्द्र तथा जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नायब सुब्बा जोशीले बताउनुभयो ।
कर्मचारीहरूमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएको जोशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्