तपाईँ सुन्दै हुनुहुन्छः

१६ कार्टुन माछा र अवैध काठ बरामद

भद्रपुर, झापा । झापामा प्रहरीले १६ कार्टुन अवैध माछा र अवैध काठ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार अपराह्न गौरादह नगरपालिका– ३ स्थित सहिद गेट अगाडि भारतबाट अवैध रुपमा लुकाइछिपाई भन्सार छलेर नेपाल भित्र्याइएको १६ कार्टुन माछा बरामद गरेको हो । 

बरामद गरिएको माछा मे१च ३६३२ नम्बरको पिकअपमा हालेर लगिरहेको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । 

माछाको नेपाली बजार मूल्य एक लाख ९२ हजार रहेको जनाइएको छ ।

पशु क्वारेनटाइन चेकजाँच बिना माछा भारतबाट ल्याउन नेपालमा प्रतिबन्धित छ । त्यस्तै प्रहरीले आइतबार दिउँसो बुद्ध शान्ति गाउँपालिका– १ स्थित दामा खोलाबाट सखुवा जातको गोलिया काठ बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले ४७ किवी सखुवा काठ बेवारिसे अवस्थामा फेला पारेको हो । 

बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि रोङ सब डिभिजन वन कार्यालय इलामलाई बुझाइएको झापा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button