ट्याक्टर पल्टिँदा चालकको मृत्यु
सप्तरी । सप्तरीमा आज ट्याक्टर अनियन्त्रित भई नहरमा पल्टिँदा चालकको मृत्यु भएको छ ।
आज बिहान जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका–६ स्थित स १ त २७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका २३ वर्षीय धिरज सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
माटो लिन जाने क्रममा ट्याक्टर अनियन्त्रित भई नहरमा पल्टिएको थियो । ट्याक्टरसँगै पानीमा डुबेका सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्