हेटौँडाका ५१ विपन्न परिवारलाई चामल र ब्ल्यांकेट वितरण
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका ५१ विपन्न परिवारलाई चामल र ब्ल्यांकेट वितरण गरिएको छ ।
रुँगटा वेलफेयर सोसाइटी वीरगन्जको सहयोगमा हेटौँडा–१६ हटियाका ५१ विपन्न परिवारलाई चामल र ब्लाङकेट हस्तान्तरण गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आज एक कार्यक्रमका बिच विपन्न परिवारलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । खान लाउन र जाडोमा न्यानो कपडा लाउन समेत समस्या भोग्दै आएका विपन्न परिवारका सदस्यहरु सहयोग प्राप्त गरेर खुसी भएका छन् ।
विपन्न सार्की परिवारलाई घर हस्तान्तरण
यसैबिच हेटौँडा उपमहानगरपालिका–१८ भुलभुलेका अत्यन्त विपन्न लक्ष्मण सार्कीलाई दुई कोठाको घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आज सार्कीलाई नव निर्मित घरमा प्रवेश गराउनुभयो ।
वर्षौँदेखि अत्यन्तै विपन्न र हातमुख जोर्न समेत समस्या भोग्दै आएका सार्कीलाई घर हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो ।
पहुँचवाला र धनीलाई भन्दा पनि विपन्न र गरिबीको रेखा मुनी रहेकालाई पहुँचमा ल्याउन सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।
हेटौँडा–१८ का वडा अध्यक्ष अनिल बानियाँको पहलमा स्थानीय नागरिकहरू र उपमहानगरपालिकाको सहयोगमा दुई कोठे घर निर्माण गरेर सार्कीलाई हस्तान्तरण गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्