तपाईँ सुन्दै हुनुहुन्छः

हतियारसहित तीन जना पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा ३ महेन्द्र चोकबाट आज बिहानको ६ः३० बजेको समयमा प्रहरी टोलीले एक थान अटोमेटिक पेस्तोल, ७.६५ एम. एम. को ३ राउण्ड गोली र २ थान म्यागजिन बरामद गरेको छ । 

पक्राउ पर्नेहरूमा जिल्ला सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की बस्ने वर्ष ३१ को सवरेज मिया, सोही स्थान बस्ने वर्ष २५ को सिकन्दर मलाहा र वडा नम्बर ६ बस्ने २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । 

साथै निजहरूले प्रयोग गरेको को. १८ प ६२२५ र  को. ६ प १०९ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । 

पक्राउ परेका तीनै जना व्यक्तिहरू विरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button