मकवानपुरमा एकै दिन ८२ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । मङ्गलवार ५८ जनामा संक्रमण पुष्टि भएकोमा त्यो सङ्ख्या बढेर आज बुधवार एकै दिन जिल्लामा ८२ जना संक्रमण पुष्टि भएको छ ।
बुधवार आज १ सय ४४ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट १ सय ४४ जनाको कोरोना जाँच गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै मकवानपुरमा हालसम्म कोरोना संक्रमित हुने सङ्ख्या १५ हजार ७८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ हजार ३१९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता जिल्लामा कोरोना परिक्षण गराउनेहरूको समेत भिड बढ्न थालेको र परिक्षण गराउनेहरूमा लक्षणसहितको कोरोना संक्रमितहरु धेरै रहेको कार्यालयले जनाएको छ । जिल्लाका दश स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा दिनहुँ संक्रमित थपिँदै गएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्