पुलिस क्लबको लगातार तेस्रो जित
काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लब दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधवार एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिसले लगातार तेस्रो जित निकालेको हो । यस जितसँगै पुलिसले ३ खेलमा ८ अङ्क जोडेको छ । पुलिस शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा पुलिसले हेल्प नेपाललाई ३–२ को सेटमा हराएको थियो । यस्तै साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३/३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।







प्रतिक्रिया राख्नुहोस्