तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सखुवाको काठ बरामद

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाबाट प्रहरीले अवैध सखुवाको काठ बरामद गरेको छ । 

फिदिम नगरपालिका–१० पच्चिसेमा मे१त ३६३३ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको अवैध सखुवाको विभिन्न साइजको १ सय ५३ थान चिरान काठ प्रहरी चौकी याङ्नाम र नाङ्गिनबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । 

काठ, ट्याक्टरसँगै ट्याक्टर चालक फिदिम–३ का ३० वर्षीय धनजित राई र सह चालक कुम्मायक–२ का १९ वर्षीय विनय लावतीलाई पक्राउ गरी डिभिजन वन कार्यालय पाँचथरमा बुझाइएको पाँचथर प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button