तपाईँ सुन्दै हुनुहुन्छः

७ वर्षदेखि फरार अपराधी पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ७ वर्षदेखि फरार रहेका अपराधीलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७१ कात्तिक २ गतेको फैसलाले एक वर्ष छ महिना कैद र एक लाख पचास हजार जरिवाना सजाय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला साबिक कुविण्डे गा.वि.स.वडा नं.९ र हाल चौतारा साँगाचोकगढी नगरपालिका बस्ने वर्ष ५३ का वासु भन्ने प्रेम प्रसाद सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

फरार रहेको ७ वर्षपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चौतारा साँगाचोकगढी न.पा.वडा नं.५ स्थित नवलपुर चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले सुवेदीलाई लागेको कैद जरिवाना असुल उपरका लागि आजै कारागार चलान गरेको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button