तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न कार्यक्रम गरी धनुषा तथा महोत्तरीमा पृथ्वी जयन्ती मनाइयो

जनकपुरधाम । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धनुषा तथा महोत्तरी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी आज मनाइएको छ ।

पृथ्वी जयन्तीको अवसरमा नेपाल राष्ट्रवादी समाज धनुषाको आयोजनामा आज जनकपुरधाममा शोभायात्रा निकालियो । नागरिक समाजका अध्यक्ष प्रकाश राणाको नेतृत्वमा निष्केको शोभायात्राले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

पृथ्वी नारायण शाहको प्रतिमा रथमा राखेर राष्ट्रिय झन्डा तथा बाजागाजा सहित जनकपुर नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो । कार्यक्रमको समापनमा विभिन्न वक्ताहरूले पृथ्वी नारायण शाहको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा शिव सेना नेपाल र विश्व हिन्दु महासङ्घका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा पनि पृथ्वी जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

पिपरा गाउँपालिका उमेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिव सेना महोत्तरीका अध्यक्ष कपिल देव ठाकुर, सञ्जय साह, हिमानी ट्रस्टका रामनरेश साहले पृथ्वीनारायण साहको योगदान माथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button