तपाईँ सुन्दै हुनुहुन्छः

११ सय अवैध कुखुराको चल्ला नष्ट

कपिलवस्तु । जिल्लाको  पश्चिम गणेशपुर प्रहरीले ११ सय अवैध कुखुराको चल्ला पक्राऊ गरी नष्ट गरेको छ । ती कुखुराको चल्ला ७० हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिइएको हो ।  प्रहरीले विजयनगर गाउँपालिकाको वडा नं. ४ देउपुराबाट ब्रोइलर कुखुराको चल्ला बरामद गरिएको इप्रका गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो । 

प्रहरी चौकी पत्थरदेइयाबाट सहायक निरीक्षक तोक बहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले सोमबार बिहान साढे ९ कुखुराका चल्लालाई नियन्त्रणमा लिएको विष्टले जनाउनु भयो । तस्करले अवैध रूपमा भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले रोक्न खोज्दा कुखुराका चल्लालाई उनीहरूले छोडेर भागेको विष्टले बताउनुभयो । 

सात कार्टुन (११ सय पिस) अवैध कुखुराको चल्ला बरामद गरिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । पशु क्वारेनटाइन कृष्णनगरका कर्मचारी प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयको रोहबरमा खाल्टो खनी पुरेर चल्लालाई नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button