जनताको साथ र सहयोगले अडानमा कायम छु: सभामुख सापकोटा
सिन्धुपाल्चोक । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताउनुभएको छ ।

गृह जिल्ला सिन्धुपाल्चोकको दुई दिने बसाइँका क्रममा आइतबार लिसङखु पाखर गाउँपालिका–ं३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३ औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रममा सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताउनुभयो ।
सभामुख भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा बढी ध्यान दिनु परेकाले जनतासँगको भेट पातलो भएको उहाँले बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्