अस्पतालमा कार्यरत जनशक्तिको म्याद थप गर्ने प्रदेश सरकारको निर्णय
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आइसोलेसन अस्पतालहरूको सेवा निरन्तरता गर्दै अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने निर्णय गरेको छ ।

प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले चैत्र मसान्तसम्म अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने, कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका सम्बन्धमा जिल्लागत समिति गठन, कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आवश्यक पर्ने रकम स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले माग गरेको आधारमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयले उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सरकारले समपूरक र विशेष अनुदानका आयोजनाहरूको प्रस्ताव स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउन स्वीकृत प्रदान गर्ने, प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्