तपाईँ सुन्दै हुनुहुन्छः

प्रजिअ सहितको टोलीद्वारा वीरगंजमा ५ हजारलाई मास्क वितरण

वीरगंज । कोरोना संक्रमण नियन्त्रणका लागि अनिवार्य मास्क अभियान अन्तरगत आज वीरगंजमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सहितको टोलीले ५ हजार थान मास्क वितरण गरेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत वीरगंजको सडकमा मास्क नलगाई हिँडडुल गरेका ५ हजार जना सर्वसाधारणलाई मास्क वितरण गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

वीरगञ्जको घण्टाघरदेखि माईस्थान हुँदै आदर्शनगर चौक, मकालु चोक, बिर्ता चोक, छपकैया , बीरगंज भन्सार गेट हुँदै शङ्कराचार्य गेटसम्म मुख्य सडकमा आवतजावत गर्ने ५ हजार भन्दा बढी सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । 

जनचेतना अभियान अन्तरगत प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा मास्क वितरण गरिएको र अब भोलि मङ्गलवार देखि वीरगंजमा मास्क नलगाई हिडनेलाई सय रुपैयाँ जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button