तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिका १० स्थित धुलाबारीबाट आइतबार साँझ ५ ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय विक्रम प्रसाईँ र ४४ वर्षीय सञ्जय खड्कालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रसाईँको भान्सा कोठामा मोबाइलभित्र लुकाइराखेको अवस्थामा प्रहरीले ब्राउन सुगरसहित नगद १९ हजार ५ सय र सानो डिजिटल तराजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button