तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला सर्वसम्मत

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको सातौँ जिल्ला अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गरेको छ । 

निर्धारित मितिभन्दा एक दिन ढिला गरी महाधिवेशन सम्पन्न गरेको अध्यक्षमा डुफकुमार बास्तोलालाई सर्वसम्मत चयन हुनुभएको छ  । 

नवनिर्वाचित अध्यक्ष बास्तोला नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ । तत्कालीन माओवादी केन्द्रसँगको एकताअघिको एमाले जिल्ला कमिटीमा उपाध्यक्ष बास्तोलाले नेकपा विवादको समयमा केपी ओली पक्षको जिल्ला अध्यक्ष बन्नुभएको थियो । 

अदालतको फैसलापछि पुर्ववत रुपमा फर्किएको केही समयपछि अध्यक्ष मानवीर राईले राजीनामा दिएर बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै, उपाध्यक्षमा हर्कबहादुर राई, सचिवमा आसकुमार राई शिशिर, उपसचिवमा दिपक राजभण्डारी र मिङमा शेर्पा चयन भएको नेकपा एमाले नेचासल्यानका अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिनुभयो । 

सदरमुकाम सल्लेरीमा भएको अधिवेशनबाट ९० सदस्सीय जिल्ला कमिटी बनेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button