चितवनमा आज एकै दिन ४१ जनामा कोरोना संक्रमण
चितवन । चितवनमा कोरोना संक्रमण भयावह बन्दै जाने खतरा बढेको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइतबार एक जना पनि संक्रमित नथपिएको चितवनमा विगत २४ घण्टामा ४१ जनामा संक्रमित थपिएपछि अवस्था भयावह बन्दै गएको हो ।
यसअघि चितवनमा फाट्टफुट्ट मात्र संक्रमण देखिने गरेको थियो ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा २९ जना, खैरहनी नगरपालिकामा एक जना, माडी नगरपालिकामा तीन जना, रत्ननगर नगरपालिकामा ५ जना, राप्ती नगरपालिकामा तीन जना संक्रमित थपिएका हुन् ।
योसँगै चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा १ सय १२ जना र अस्पतालको आइसोलेसनमा सात जना रहेका छन् ।
चितवनमा आजसम्म ४सय ३७ जनाले कोरोना सङ्क्रमणको कारणले ज्यान गुमाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्