उद्योग क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समग्र उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । हेटौँडामा सोमबार उद्योग सङ्घ मकवानपुरको २० औँ वार्षिक साधारण सभा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा लागेको बताउनुभयो ।
उहाँले उद्योग क्षेत्रको विकासका गर्न उद्योग तथा वाणिज्य मन्त्रालय बनाइएको बनाएर काम सुरु गरिएको बताउनुभयो । उद्योग, वन र पर्यटन तीन वटा कुरालाई जोड्दा सबै क्षेत्रमा काम गर्न असहज भएकाले छुट्टा–छुट्टै मन्त्रालय बनाएर काम सुरु गरिएको उहाँले बताउनुभयो । मन्त्रालय धेरै बनाउँदा खर्च बढेपनि त्यसले नजिता राम्रो ल्याउने र ल्याउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

साधारणसभाको अवसरमा सङ्घले विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने तथा सङ्घलाई सहयोग गरेको भन्दै ६ जनालाई सम्मान समेत गरेको छ । सङ्घले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, महिला उद्यमी विद्या गिरी, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेल, संघका सदस्य बजरंग सिंह तमोर र पत्रकार बालकृष्ण अधिकारीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
संघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलगायतको आतिथ्यता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्