थ्री स्टारद्वारा हिमालयन शेर्पा पराजित
काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले जित निकालेको छ ।
आइतबार भएको खेलमा थ्री स्टारले नेपाल आइस हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो। थ्री स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे । थ्री स्टारले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको आत्मघाती गोलबाट थ्री स्टारले सुरुआती अग्रता बनाएको थियो ।
यस जितसँगै थ्री स्टारले ८ खेलमा १३ अङ्क जोडेको छ । थ्री स्टार पाँचौँ स्थानमा उक्लिएको छ । शेर्पाले ८ खेलमा ११ अङ्क जोडेको छ । शेर्पा छैटौँ स्थानमा झरेको छ ।








प्रतिक्रिया राख्नुहोस्