तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा स्वास्थ्य मापदण्ड बढाउँदै खोप कार्यक्रमलाई प्राथमिकता दिने

फाइल तस्बिर

काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य मापदण्ड बढाउने र खोपलाई निरन्तरता दिने कार्य प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ  ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनौपचारिक रुपमा उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीबीच छलफल जारी रहे पनि तत्काल लकडाउन गर्ने विषयमा कुनै कुरा नभएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले सङ्क्रमितको सङ्ख्या बढेपछि सजकता अपनाउनुपर्ने र भिडभाड हुने क्षेत्रमा केही नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको  बताउनुहुँदै परिस्थितिलाई मध्यनजर गर्दै  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशन अनुसार अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button