तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनु भएको छ । सबै पार्टीका जिल्ला देखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भएपनि अब छिट्टै सरकार विस्तार गरिने उहाँले बताउनुभयो । 

आइतबार नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले मन्त्री परिषद् विस्तारमा ढिलाइ भएपनि सरकारका  कामकारबाही नियमित चलिरहेको दाबी गर्नुभयो । मन्त्रिपरिषद् विस्तारमा गठबन्धन बिचमा भागबन्डाका कारण ढिलाइ भएको भन्ने छ भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन बिच मन्त्रालयको भागबण्डाका कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने हल्ला गलत भएको दाबी गर्दै राजनीतिक दलहरूका चुनावी कार्यक्रमले नै ढिलाइ भएको दाबी गर्नुभयो । 

कर्णाली प्रदेशलाई समृद्ध बनाउन ६ ब लागू गर्ने पर्ने बताउनभयो । कर्णाली प्रदेशले सुनको थालीमा भिख मागी रहेको बताउँदै उनले ६ ब लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने दाबी गर्नुभयो । ६ क अन्तरगत बाटो, बिजुली, बिचार (सूचना प्रविधि) वन, बजार र व्यवस्थापनमा ध्यान र जोड दिन सके प्रदेशलाई धनी र समुन्नत बनाउन सकिने बताउनुभयो । 

आफ्नो नेतृत्वको सरकार क्रमभङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो आफू मुख्यमन्त्री भएपछि ठुलै काम गर्छु केही भन्दिन यो सरकार गठबन्धनको सरकार हो । राम्रा कामलाई निरन्तरता दिन्छौँ, नराम्रा काम सच्याएर अघि बढ्छौँ । जनताका दैनिक जनजीविकासँग सम्बन्धित कार्यलाई आफूले पहिलो प्राथमिकतामा राखेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button