तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट एक जनाको मृत्यु

file photo

काठमाडौँ ।  महानगरपालिका–१४ कलङ्की स्थित सडकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गए राति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आउनुभएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उहाँ मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो। ठक्करबाट सख्त घाइते उहाँको कलङ्की स्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता ललितपुर महानगरपालिका–४ जवलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०/४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button