तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत

सप्तरी । नेकपा एमाले सप्तरीको अध्यक्षमा सर्वसम्मत रुपमा ताराकान्त चौधरी निर्वाचित हुनुभएको छ ।

उहाँ निवर्तमान अध्यक्ष हुनुहुन्छ ।शनिबार सम्पन्न नवौँ अधिवेशनले चौधरीको अध्यक्षतामा १३५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्ष अब्दुल मजिद साकिर , सचिव देवनाथ यादव , सह सचिव अखिलेश झा र सह सचिव कुसुम आचार्य चयन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button