तपाईँ सुन्दै हुनुहुन्छः

आगो ताप्ने क्रममा जलेर घाइते महिलाको मृत्यु

बीरगंज । वीरगन्जमा जाडो छल्न आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी एक महिलाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।

गत पुस २० गते दिउँसो आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्कँदा महिलाको शरीरका विभिन्न भाग जलेको थियो ।

घाइते महिलाको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेकामा आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button