तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाकामा एकै दिन ३७ जनामा कोरोना पुष्टि

नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको छ ।

भारतका विभिन्न राज्यबाट आएका थप ३७ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताउनुभयो । बिहीबार जमुनाहा नाकामा २७, बुधवार र मङ्गलवार ५/५ जना र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो ।

सोमबार यता भारतबाट आएका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button