सामाजिक रूपान्तरणमा विशेष ध्यान दिनुपर्छ: महामन्त्री शर्मा
ताप्लेजुङ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रूपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले समाज रूपान्तरण नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउनुभयो ।
विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानी जस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिवर्तन आउन नसकेको शर्माले बताउनुभयो ।
समाज रूपान्तरण नभएको कारणले दिनदिनै आपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्