झापामा ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

भद्रपुर, झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित एक जना भारतीय नागरिक बिहीबार पक्राउ परेका छन् ।
कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा चोकबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो ।
भारतीय नम्बर प्लेटको डब्लु बी ६४ यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको थियो । पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदालत झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्