तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्को अवरोध खुलाउन आवश्यक पहल गर्ने

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनैतिक समन्वय समितिको बैठकले सङ्घीय संसद्को अवरोध खुलाउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका नेताहरू सम्मिलित समितिको बैठकले लामो समय संसद् अवरुद्ध हुन नहुने निष्कर्ष निकाल्दै संसद् सुचारु गर्न आवश्यक पहल गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद्को गतिरोध अन्त्यका लागि जिम्मेवार भएर प्रस्तुत हुन आग्रह समेत गरेको मन्त्री कार्कीले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । 

बैठकले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गठन गरेको प्रदेश स्तरीय संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने पनि निर्णय गरेको छ । 

राष्ट्रिय सभाको रिक्त १९ स्थानका लागि आगामी माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार ५ राजनैतिक दलहरूले साझा उम्मेदवार उठाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button