नेप्से ४३ अङ्कले बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ४३ अङ्कले बढेको छ ।
बिहीबार २३८ कम्पनीका ७३ लाख कित्ता शेयर खरिद बिक्री भई ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने कम हो । बुधवार ४ अर्ब भन्दा बढीको शेयर कारोबार भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्