तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

नेपालगञ्ज  । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा एक महिलाको मृत्यु गएको छ । बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ प्रसोहनाकी ५१ बर्षीया तिला बिष्टको मृत्यु गएको हो ।

बिहान ११ः०० बजेतिर स्थानीय जङ्गलमा स्याउला लिन गएकी उनलाई बाघले आक्रमण गरेको थियो । 

उनको शव जलहन खोलाको माथि घट्टखोलामा फेला परेको हो । सुरुमा उनीसँगै गएकी अर्की महिलालाई बाघले खुट्टामा आक्रमण गरेको थियो । तर, उनी भाग्न सफल भएकी थिइन । त्यसपछि बाघले विष्टलाई आक्रमण गरेको स्थानीयले बताएका छन् । उनलाई घाँटीमा झम्टेर बाघले आक्रमण गरेको थियो । घाँटीबाट रगत चुसेको अवस्थामा उनको शव भेटिएको छ ।

यसअघि बुधवार पनि जङ्गलमा पात टिप्न गएका महिलालाई पाटे बाघले आक्रमण गरेको थियो । 

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० बर्षीया महिला दुर्गा थारुलाई बुधवार बिहान बाघले आक्रमण गरेको हो । 

बाघको आक्रमणमा परे पनि उनी बाँच्न सफल भएकी थिइन् । केही दिन अघि पनि राप्ती सोनारी ५ र ६ को जङ्गलमा एक जना शिक्षकलाई समेत बाघले झम्टिएको थियो । मोटरसाइकलमा सवार उनी बाँच्न सफल भएका थिए ।

आजको घटनासँगै बाघले तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र नरैनापुरमा तीन जनाको ज्यान लिइसकेको छ । यी घटना दोहोरिरहेपछि बैजापुरमा त्रास बढेको छ । स्थानीयहरू त्रसित बनेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button