तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा छुट्टा छुट्टै दुर्घटनामा तीनको मृत्यु, एक घाइते

टीकापुर कैलाली । कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुई जना मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका हुन् भने एक जनाको गोरु गाडा पल्टिँदा मृत्यु भएको हो । 

आज बिहान भएको मोटरसाइकल दुर्घटनामा लम्की चुहा नगरपालिका वडा नम्बर ७ का २७ वर्षीय रमेश चौधरीको मृत्यु भएको छ । से ३ प ६१३५ नम्बरको आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टबाट खस्दा सोही मोटरसाइकलमा च्यापिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै गएराति लम्कीमा क्रेन र मोटरसाइकल एक आपसमा ठोक्किँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ का मोटरसाइकल चालक नेघुलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा पैदल यात्री भुवन सिंह भाट घाइते भएका छन् । क्रेन, क्रेन चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

यस्तै भजनी नगरपालिका वडा नम्बर २ मोहनपुरस्थित सडकमा सोही ठाउँ बस्ने ४० वर्षीय शिवप्रसाद चौधरीले चलाइरहेको गोरु गाडा नालीमा पल्टिएर दुर्घटना हुँदा गोरु गाडामा सवार उनकै श्रीमती ३५ वर्षीया चन्द्रा देवी चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button