बुद्ध युवा क्लबले जित्यो त्रिवेणी कप फुटबलको उपाधि
लमजुङ । बुद्ध युवा क्लबले २९ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बेसीसहरस्थित सहजी खेल मैदानमा मङ्गलवार भएको फाइनलमा श्री भगवती क्लबलाई २–० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो ।
बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राना मगर र राम्से यान्निकले एक/एक गोल गरे । उपाधिसँगै बुद्धले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले ३ लाख प्राप्त गरेको छ । त्यसअघि बुद्धले दोस्रो सेमिफाइनलमा समाज कल्याणलाई ३–० ले हराएको थियो ।
यस्तै पहिलो सेमिफाइनलमा श्री भगवतीले त्रिवेणी युवा क्लबलाई ३–० ले हराएको थियो । प्रतियोगितामा १८ टोलीको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्