डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

कोपेनहेगन । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।
यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।
डेनमार्कसहित फ्रान्स, ग्रिस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरूमा उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका समाचारहरू आइरहेका बताइएको छ ।
पछिल्ला दिनहरूमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्व सन्ध्यामा मानिसहरूको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।
यता डेनमार्कमा भने ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस/सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्