तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ देवकोटा चोकमा लु३४प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधवार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

मृतक युवाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

साथै सोही मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका–१२ का राहुल गुरुङको भीम अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, बुटवल उपमहानगरपालिका–५ नेपालगंज रोडमा मङ्गलवार राति स्कुटरले ठक्कर दिँदा एक जना पैदलयात्रीको भएको छ  । 

स्कुटरको ठक्करबाट पैदलयात्री नवलपरासी बर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास रानाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका रानाको मङ्गलवार राति उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

ठक्कर दिने स्कुटर र स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button