तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा खराब मौसमका कारण मानवीय सहायता सामग्री वितरणमा समस्या

संयुक्त राष्ट्रसङ्घ  । संयुक्त राष्ट्रसङ्घ र यसका सहयोगी संस्थाहरूका साथै अरू विभिन्न सङ्घसंस्थाहरूले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ ।

यहाँ केही दिनयतादेखि मौसमका कारण यस्तो अवरोध व्यहोर्नुपरेको बताइएको छ । पछिल्ला केही दिनयता यहाँ वर्षा र हिमपात भएको छ ।

यसका कारण यहाँ मानवीय सहयता वितरण गर्ने काममा अवरोध उत्पन्न भएको  छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ परेको छ भने अधिकांश स्थानमा पानी पनि परेको छ । 

यसका कारण जनजीवन निकै कष्टकर भएको छ । अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट अन्य सहरका लागि उड्ने हवाई उडानहरू पनि वर्षा र हिमपातका कारण हुन सकेका छैनन् ।

यो हिमपातले यहाँका स्थानीयलाई असर गरिरहेको छ भने मानवीय सहायता सामग्री वितरणको लागि काम गरिरहेका संयुक्त राष्ट्रसङ्घीय र अन्य संस्थाका सहायताकर्मी पनि बिरामी परेका बताइएको छ ।

यहाँ पछिल्लो समयमा विभिन्न देशले जाडोका लागि कपडा, खाद्यान्न तथा औषधिहरू उपलब्ध गराइरहेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button