मकवानपुरको बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
आउँदो माघको ७ र ८ गते गाउँपालिको वडा नम्बर–७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँले क्लबको सातौँ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाइने बताउनुभयो । उहाँले जिल्ला स्तरीय भलिबल खेलाडी उत्पादनको लागि वर्षेनी प्रतियोगिता गर्ने गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष तिमल्सिनाले प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागी हुने खेलाडीको छनोट हुने समेत जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेताले नगद १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्ने र प्रतियोगितामा सहभागी टिमलाई दर्ता शुल्क १ हजार ५ सय लाग्ने आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्