गण्डकीमा राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको उम्मेदवारी

कास्की । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धन र नेकपा एमालेको तर्फबाट ६ जना उम्मेदवारले निर्वाचन कार्यालयमा उम्मेदवार दर्ता गर्नु भएको छ ।
नेकपा एमालेका तर्फबाट कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार सुनामले उम्मेदवार दर्ता गर्नु भएको निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख हुमनाथ पराजुलीले बताउनुभयो ।
एमालेले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार दिएका हुन् ।

गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन्
पन्त यसअघि काँग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएको थियो । माओवादी केन्द्रका उम्मेदवार सुरेश अहिलेको केन्द्रीय सदस्यमा छानिएका छन् भने २०६४ को पहिलो संविधान सभा चुनावमा करिब ७ हजार मतले काँग्रेसका गोविन्दराज जोशीलाई हराएर निर्वाचन जित्नु भएको थियो । अर्का उम्मेदवार भुवन सुनार विद्यार्थी राजनीति र दलित आन्दोलन बाट आउनु भएको हो ।
गण्डकीमा सत्ता बन्धनका सबै दलका नेतासहित मनोनयन दर्ता गर्न पुगेका थिए । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ७ सय मतभारले अगाडि रहेको देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्