उखु किसानले पाउने बक्यौता तत्काल भुक्तान गर्न सांसदहरूको जोड

काठमाडौँ । उखु किसानले पाउनु पर्ने बक्यौता भुक्तानी तत्काल गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको उखु किसानले पाउनु पर्ने बक्यौता भुक्तानीको सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसको बैठकमा सांसदहरुले उखु किसानहरू भोकभोकै काठमाडौँ आउनुपर्ने अवस्था आउन नदिन किसानले पाउनु पर्ने बक्यौता भुक्तानी तत्काल गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले उखु किसानका समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै ऐन बनाउनुपर्ने पनि बताउनुभयो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कुल १ अर्ब ४० करोड बक्यौता रकम मध्ये ८ करोड ७० लाख रुपैमा मात्र भुक्तान गर्न बाँकी रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्