तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले कास्कीको अध्यक्षमा ५ आंकाक्षी

पोखरा।नेकपा एमाले कास्कीको अध्यक्षमा ५ आंकाक्षी देखिएका छन् । शुक्रवार हुन लागेको जिल्ला १० औँ जिल्ला अधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका हुन । कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर वैरागी, दीपक पौडेल, बैनबहादुर क्षेत्री र जगन्नाथ बाँस्तोलाले अध्यक्षमा आकाङ्क्षा देखाउनुभएको छ ।

५ जना आंकाक्षी देखिए पनि मुख्य प्रतिस्पर्धा भने कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीबीच हुने अनुमान गरिएको छ । उम्मेदवारहरूले कार्यकर्ता माझ आफूलाई सोही बमोजिम प्रस्तुत गर्दै भोट माग्न थालिसक्नुभएको छ । ५ जना आंकक्षी देखिदा सर्वसम्मत नेतृत्व चयनको विषयमा पनि छलफल भएको छ तर आंकाक्षी धेरै हुँदा उनीहरूलाई व्यवस्थापन गर्न पनि पार्टीलाई कठिन भएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने भए पनि अध्यक्षमा गुरुङ र बैरागीमध्ये १ जनाकै सम्भावना रहेको एमाले स्रोतले बतायो । एमालेले यस अघि वडा र पालिकामा भने सर्वसम्मत रुपमा पदाधिकारी टुङ्गाएको थियो । जिल्लामा पनि सर्वसम्मत टुङ्गाउन नेताहरूको दौडधुप छ ।

देशभर एमाले जिल्ला अधिवेशन २२/२३ गते हुँदै छ । पोखराको सभागृहमा कास्की अधिवेशनको उद्घाटन हुने कार्यक्रम तय भएको छ । एमालेको निर्वाचित जिल्ला कमिटीको कार्यकाल ३ वर्ष हुन्छ । पार्टीको विधान अनुसार सबै जिल्लामा पदाधिकारी ५ जना हुने व्यवस्था छ । जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव हुने व्यवस्था छ ।

पदाधिकारीमा १ महिला अनिवार्य हुने व्यवस्था छ । जिल्ला कमिटीमा महिलाको ३३ प्रतिशतको सहभागिता सुनिश्चित हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button