उमेरले ९० नजिक रत्न बेहोशीः गायनमा अझै जोश
काठमाडौँ । ललितपुर निवासी गायक रत्न बेहोसी बज्राचार्य उमेरले ८६ वर्ष पुग्नुभएको छ । तर उहाँको गायन प्रतिको मोह र उत्साहमा भने यी वर्षहरूले फरक पारेको छैन ।
सोमबार आफ्नै रचना र सङ्गीतमा ‘स्वदेशी हैन हामी’ बोलको भजन रेकर्डका लागी रेडियो नेपालको स्टुडियोमा पुग्नुभएका गायक बेहोसीमा गायन प्रतिको मोह उहाँको उत्साहित मुहारमा झल्किएको थियो ।
आजसम्म पनि गायनमा उतिकै जोस छ नि ? भन्ने प्रश्नमा गायक रत्न जवाफ दिनुहुन्छ “मेरा लागी गीतसङ्गीत भनेको एक प्रकारको शक्ति हो, गायनले मलाई ऊर्जाशील बनिरहन मद्दत गर्दछ, शक्ति दिन्छ” ।
रेडियो नेपालबाट २०१३ सालमा स्वर परीक्षा उत्तीर्ण गर्नुभएका बेहोसीले २०१७ साल देखि नेवारी र नेपाली भाषा गरी लगभग ५ सय गीतमा स्वर भरिसक्नु भएको छ ।
उहाँको स्वर तथा सङ्गीत र रवीन्द्र शाहको शब्द रचनामा ‘मायाले आज कसरी मलाई बिर्सियो’ बोलको आधुनिक गीत निकै लोकप्रिय रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्