तपाईँ सुन्दै हुनुहुन्छः

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

पेरिस । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । 

उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध हुनुहुन्छ । 

उहाँलाई सङ्क्रमण भएको कुरा उहाँ अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । 

सङ्क्रमण पुष्टि भएसँगै उहाँले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउनु हुने भएको छ । 

उहाँसँगै सङ्क्रमित भएका उहाँका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् । 

अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button